काठमाडौं । आज बिहान मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्ने तय भएको बताइएको छ ।
आजको बैठक मंगलबारबाट हुन लागेको कतारका शेख तमिम बिन हमाद अल थानीको दुई दिने नेपाल भ्रमणका विषयमा केन्द्रित हुने बताइएको छ ।
बैठकमा संघीय संसद्को बजेट अधिवेशन आह्वानका विषयमा पनि छलफल हुने भएको छ ।


