काठमाडौं । समसामयिक विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ ।
बैठकमा अर्थमन्त्रीको विषयमा छलफल हुने सम्भावना रहेको छ। संसदीय छानबिन समितिले चालु आर्थिक वर्षको बजेमा करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता पुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेपछि उक्त बैठक बस्न लागेको हो।
माओवादी केन्द्रका नेता जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेरको आरोप लागेपछि अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। तर छानबिनका क्रममा सो कुरा पुष्टि हुन नसकेपछि शर्मालाई नै अर्थमन्त्रीको रुपमा पठाउने कि अर्को कसैलाई भन्नेबारे निर्णय हुन सक्ने एक नेताले बताए।
शर्माले राजीनामा दिएको असार २२ गते माओवादी केन्द्रका नेता वर्षमान पुनले शर्मा दोषी नदेखिए उनी नै पुनः अर्थमन्त्री बन्ने बताएका थिए।


