काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन्। आज दिउँसो बसेको पार्टीको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो।
पार्टीको आजै बसेको केन्द्रीय समिति बैठकले उनलाई संसदीय दलको नेतामा प्रस्ताव गरेको थियो। केन्द्रीय समिति बैठकबाट आएको प्रस्तावलाई संसदीय दलको बैठकले अनुमोदन गरेको सो पार्टीकी सांसद निशा डाँगीले जानकारी दिइन्।


