काठमाडौं । अब नेपालको जुनसुकै पालिकाबाट विपन्नको सिफारिस ल्याएमा काठमाडौं महानगरपलिकाले निःशुल्क उपचार गर्ने भएको छ ।
महानगरका प्रमुख प्रमुख बालेन शाहले आज सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन् । उनले भनेका छन्– ‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला । हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ । ‘
साथै प्रमुख शाहले निःशुल्क उपचारबारे थप जानकारी चाहिएमा, काठमाडौँ महानगर स्वास्थ्य विभागमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् । उनको यस निर्णयलाई धेरैले सकारात्मक भएको टिप्पणी गरेका छन् ।


