। नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले कुनै पनि पार्टीको स्पष्ट बहुमत नरहेकाले संघीय र प्रदेश सबै सरकारमा गठबन्धनका दलबाट पालैपालो नेतृत्व हुनुपर्ने बताएका छन्।
अध्यक्ष नेपालले शुक्रबार जनकपुरधाममा समाजवादी पत्रकार संगठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा यो प्रदेश मेरो, त्यो प्रदेश तिम्रो भन्ने स्थिति नरहेकाले सबै सरकारमा गठबन्धनकारी दलहरुले नेतृत्व पाउनुपर्ने माग गरेका हुन्।
चितवन, तनहुँ र बाराको उपनिर्वाचनको परिणामले हालका देशका मुख्य मूलधारका पार्टी समयमै समीक्षासहित सुध्रिन सन्देश दिएकाले त्यसको तत्कालै समीक्षा र सुधार हुन आवयश्क रहेको उनको भनाइ छ।


