काठमाडौं । प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहाललाई उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ । नर्भिक अस्पतालमा आज दिउँसो भर्ना गरेर उपचार थालिएको हो ।
दाहाललाई पार्किन्सनजस्तो देखिने एक प्रकारको जटिल रोगले सताएको छ । दाहाललाई देखिएको जटिल रोगलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ९पीएसपी० भनिने चिकित्सहरुले जनाएका छन् ।
यो रोग लागेका व्यक्तिलाई हिँडडुलमा समस्या पर्ने, बोल्न र निल्नसमेत कठिन हुने चिकित्सहरु बताउँछन् । यो रोगको संकेत पहिलेदेखि देखिएको भए पनि छोरा प्रकाश दाहालको निधनपछि झनै च्यापेको बताइएको छ ।


