काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेकपामा ‘ठाडो घाँटी लगाएर हुँ हुँ’ गर्ने स्यालहरूको संख्या बढेकाले नै पार्टी विभाजित भएको बताएका छन्
अध्यक्ष ओलीले शुक्रबार धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आफ्नो अगुवाइमा वामपन्थी आन्दोलन एकीकृत गर्ने काम भएको पनि बताए।
‘एउटा नियम के छ भने एउटा स्याल एकठाउँमा करायो भने जहाँसुकै भए पनि अप्ठ्यारो अवस्थामा छ भने पनि कराउने बित्तिकै अर्कोले सुनेपछि नकराई हुँदैन्। एउटा कराएपछि अर्कोले ठाडो घाँटी लगाएर हुँ हुँ गर्नैपर्छ,’ ओलीले सम्बोधनको क्रममा भने, ‘नेकपा एमालेभित्र पनि यो त होइन कि भन्यो ठाडो घाँटी लगाएर कराइहाल्नेहरुको जमात निस्कियो। उनीहरुले के ठाने भने यतिबेलै हो मौका, केपी ओली लाटो भएर मौका दियो, आफू अल्पमतमा छ, बहुमत दिएको बेलामा एमालेलाई कब्जा गर्न थाले।’
आफ्नो नेतृत्वमा ०७४ मा वामपन्थी एकता गरेको भएपनि विदेशीका लागि कम्फर्टेबल सरकार बनाउन लागेकाले कारण एकता टिक्न नसकेको ओलीको बुझाई छ।
‘


