काठमाडौं । कांग्रेस संसदीय दलको बैठकले सहकारीको रकम अपचलनबारे छानबिन गर्न संसदीय समिति बनाउने सहमतिलाई अनुमोदन गरेको छ ।
नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा आज बसेको संसदीय दलको बैठकले सोमबार प्रमुख दलहरूबीच भएको सहमतिलाई अनुमोदन गरेको प्रमुख सचेतक रमेश लेखकले बताए ।
लेखकका अनुसार अब कार्यदल बैठकले शीर्ष तहमा भएको सहमति अनुसार कार्यादेशलाई अन्तिम रूप दिने बताइएको छ । अहिले कार्यादेशबारे छलफल गर्न दलहरू जुटेका छन् ।