काठमाडौं । पछिल्लो राजनीतिक विषयमा छलफल गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बिहान साढे ८ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्दैछ ।
सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग उठाउँदै अघिल्लो अधिवेशनमा कांग्रेसले संसद्मा विरोध जनाएको थियो।
अब संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।


