काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अबरोधकै बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत पाएका छन् । उनले एक सय ५७ मत पाएका हुन् ।
संविधानको धारा एक सयको उपधारा दुई बमोजिम विश्वासको मत लिन प्रधानमन्त्री प्रचण्डले आजको बैठकमा प्रस्तुत गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो।
प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रतिनिधिसभाको दोस्रो ठूला दल एमाले, उनकै नेतृत्वको माओवादी, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जनता समाजवादीका सांसदले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्रदान गरे।


