काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार नै सहकारी ठगी गर्नेलाई बचाउन लागेको आरोप लगाएको छ ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले यस्तो आरोप लगाएका हुन् । मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
बरु महत्वपूर्ण कुराहरु छुटेको भन्दै उनले भने, ‘सहकारीका बचत गरेका मानिसहरुको मर्कालाई सम्बोधन गर्न सकेन । सहकारीमा ठगी गर्ने, रकम हिनामिना गर्ने मान्छेलाई कारबाही गर्छु भन्न सकेको छैन ।’
नियामक निकाय बनाउने पुरानै कुरा भएको भन्दै नेता लेखकले भने, ‘ठगी गर्ने मानिसलाई कारबाही गर्ने र हिनामिना भएको रकम फिर्ता गर्ने स्पष्ट प्रतिवद्धता आउन सक्नुपर्थ्यो ।’