काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षले सकेसम्म सत्ता गठबन्धनलाई तोड्ने प्रयास गर्ने बताएका छन् । उनले आज काठमाडौँमा माओवादी केन्द्रको संसदीय दलको बैठकलाई संशोधन गर्दै यस्तो बताएका हुन् ।
बैठकमा सहभागी एक सदस्यका अनुसार प्रचण्डले भने–‘प्रतिपक्षको काम भनेको समीकरण भत्काउने परम्परा नै भइसक्यो । तत्काल अहिलेको यो समीकरण भत्काउन सक्ने स्थिति देखिँदैन । तर सत्ता पक्ष र प्रतिपक्षका कतिपय बाटोहरूमा आन्तरिक अन्तर्विरोध भने गम्भीर प्रकारको देखिन्छ ।’
अध्यक्ष प्रचण्डले संसद् बैठक सुचारु गर्नका लागि विपक्षी दलहरूसँग संवाद जारी राखेको बताएका छन् ।


