काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानन्यायाधीश धनञ्जय चन्द्राच्युडले आज बिहान पशुपतिनाथको दर्शन गरेका छन्। प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा नेपाल आएका उनले पशुपतिनाथको दर्शनपछि भनेका छन्,’भगवान् श्रीपशुपतिनाथको चरणमा नतमस्तक भएँ । भगवान भोलेनाथको दर्शनबाट असीम कृपा एवं आशीर्वाद मिल्यो ।’
दर्शनको राम्रो प्रवन्ध मिलाएकोमा पशुपतिका भट्टसहित पशुपति क्षेत्र विकास कोषलगायत सबैप्रति आभार व्यक्त गरेका छन्।


