काठमाडौं । समसामयिक विषयमा छलफल गर्न आज दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्ने भएको छ।
बैठकमा इलाम–२ को उपनिर्वाचनको समीक्षा गरिने बताइएको छ। वैशाख १५ गते इलाम–२ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको थियो।
बैठकमा मुख्य गरी संसद्को बर्खे अधिवेशन, समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्ययोजनाबारे छलफल हुने बुझिएको छ ।


