काठमाडौं । गृहमन्त्रीको विषयलाई लिएर नेपाली कांग्रेसले आफ्नो अडान नछोडेपछि सभामुख देवराज घिमिरले भोलि बिहान साढे ११ बजे सिंहदरबारस्थित कार्यालयमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन्।
संसदको आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरुलाई बोलाएका सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए।
सभामुख घिमिरले छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाएका हुन्।


