काठमाडौं । जनकपुरको शुभश्री बचत तथा ऋण सहकारी संस्थाको ८० लाख रुपैयाँ लुटपाट भएको छ। प्रहरीले सहकारीका कर्मचारीले बैंकबाट रकम निकालेर कार्यालयतर्फ आउँदै गर्दा लुटपाट गरेको जनाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–१९ मा सोमबार हतियारधारी समूहले लुटपाट गरेको जानकारी आएको र अहिले अनुसन्धान गरिरहेको धनुषाका डीएसपी रञ्जन अवालेले बताए।
सहकारीको ८० लाख रुपैयाँ लुटपाट भएको सूचना आएको छ।, अहिले हामी त्यसैमा लागिरहेका छौं, विस्तृत खुलिसकेको छैन, डीएसपी अवालेले भने।


