काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा छानबिन गर्न समिति गठन नभएसम्म संसद चल्न नदिने अडान लिएपछि सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग आज बिहान साढे ११ बजे सिंहदरबारमा छलफल गर्ने भएका छन् ।
संसद्को वर्षे अधिवेशन सुरु हुनुअघि नै सहकारी प्रकरणमा सहमतिको प्रयासका लागि सभामुखले शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् ।
सभामुखको सचिवालयका अनुसार छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाइएको छ ।
कांग्रेसको अवरोधले सदनको कारबाही प्रभावित भएपछि सभामुखले शीर्ष बैठक बोलाएका हुन् । । संसद्को बर्खे अधिवेशन आगामी २८ गतेदेखि सुरु हुँदैछ ।


