काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच सोमबार मध्याह्न प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।
प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बताए।
यसैबीच सत्तारूढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सोमबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग कुराकानी गरेका थिए।