काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंक लाइन विवाद समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
उनले आज बिहान डेडिकेटेड तथा ट्रंक लाइनसँग सम्बन्धित उद्योगीहरूसँगको भेटका क्रममा यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले उद्योगको लाइन काटेर समाधान ननिस्कने भएकाले चाँडै लाइन जोडिदिएर विवाद समाधान गर्ने बताएको एक सहभागीले बताए । नेपाल विद्युत् प्राधिकरणले ६ वटा उद्योगको लाइन काटेको छ ।