काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ सरकार गठनको प्रक्रिया सुरु भएपछि मात्रै एमालेसँग भएको सहमति सार्वजनिक गरिने बताएका छन्।
थापाले विराटनगर विमानस्थलमा विहीबार सञ्चारकर्मीसँग कुरा गर्दै सदनमा विश्वासको मतको प्रक्रिया सकेर नयाँ सरकार गठन हुने प्रक्रियामा गइसकेपछि मात्रै कांग्रेस-एमालेबीच भएको सहमति सार्वजनिक हुने बताए।
पार्टीका सबै सदस्यहरूलाई सहमतिका सबै बुँदाका बारेमा जानकारी गराइसकिएको भन्दै थापाले एमालेसँग भएको सहमतिको इमान्दारीताका साथ पालना हुने बताए। उनले महामन्त्रीको रूपमा काम गर्दा समयको दबाब रहेकाले आफू सरकारमा नजाने र महामन्त्रीकै रूपमा काम गर्ने पार्टी नेतृत्वलाई जानकारी गराएको बताए।