काठमाडौं । आज संघीय संसद अन्तर्गत दुईवटा समितिको बैठक बस्दैछ । आज संसदीय सुनुवाइ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
आज दिउँसो १ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।
बैठकमा प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुको सम्बन्धमा प्राप्त उजुरी तथा सूचनाहरू खोली वितरण र छलफल गर्ने, प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूले पेस गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गर्ने लगायतका कार्यसूची रहेको छ ।
यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८१ माथि दफावार छलफल गर्ने तयारी छ ।