काठमाडौं । प्रतिनिधिसभा सदस्यसमेत रहेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बीआरआईमा ऋण आफ्नो पार्टीका लागि अमान्य रहेको प्रष्ट पारेका छन् ।
उनले शनिबार सिरहाको लहानमा शनिबार कांग्रेस नगर समितिले आयोजना गरेको कार्यकर्ता भेटघाटका क्रममा यस्तो बताएका हुन् ।
‘अब हामी धेरै ऋण बोक्न सक्दैनौँ। श्रीलंकाले ऋणमा बनाएको हम्बनटोटा बन्दरगाहकै नियति भोग्नु पर्नेतर्फ सजग हुनुपर्छ’ उनले भने, ‘ऋण सहयोगमा बनाइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जरुरी थिएन। १२ मिनेट हवाई यात्राको दूरीमा भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनाइएकै थियो, बरु पोखराको अन्तर्राष्ट्रिय विमानस्थल मधेशमा बनाइनु पथ्र्यो।’


