काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रहका आधारमा सहकारी प्रकरणमा अनुसन्धान भइरहेको आरोप लगाएको छ । उसले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाएको हो ।
पत्रकार सममेलनमा रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले रवि लामिछानेविरुद्ध राज्यले नै हुँदै नभएको कुरा बाहिर ल्याएको र एकपक्षीय ढंगले दोष थुपार्ने काम भएको आरोप लगाए।
चेकका विषयमा अनावश्यक बहस गरेर अतिरञ्जित गर्ने काम नगर्न उनले आग्रह गरे। पत्रकार सम्मेलनमा रास्वपाका नेताहरुले आफूलाई मनमा लागेको कुरा सामाजिक सञ्जालमार्फत अभिव्यक्त गर्दा कारवाही हुन्छ भने कारवाही भोग्न समेत तयार रहेको बताएका छन् ।


