काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने घोषणा गरेका छन्। उनले मंगलबार सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा कोषले योगदानकर्ता अस्पताल भर्ना भई उपचार गराउँदा अब १० लाख रूपैयाँको ५० प्रतिशतसम्म उपचार खर्च पाउने घोषणा गरेका हुन्।
प्रधानमन्त्री ओलीले नेपालमा उपयुक्त खालको आकर्षक रोजगारीको अवसर भने नभएको सत्य भएको बताए।
उनले जनतालाई उपयुक्त खालको अवसर दिनका लागि सरकारले सामाजिक सुरक्षाको व्यवस्थालाई अघि बढाएको पनि स्मरण गराए।


