काठमाडौं । आज (विहीबार) एकैदिन संघीय संसद अन्तर्गत विभिन्न चार समितिको बैठक बस्दैछ । यसरी आज बैठक बस्न तय भएका समितिहरुमा अर्थ समिति, पूर्वाधार विकास समिति, राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्राविधिक समिति रहेका छन् ।
अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ । उक्त बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० को मस्यौदा प्रतिवेदन उपर छलफल गर्ने कार्यसूची रहेको छ ।
यसैगरी सोही समयमा नै पूर्वाधार विकास समितिको बैठक बस्ने भएको छ । यस बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल हुने कार्यसूची रहेको छ, ।
यस्तै बिहान ११ बजे नै तथा राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । उक्त बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्त बनेको विधेयक सम्बन्धमा प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्ने कार्यूसूची रहेको छ।
यसैगरी दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । यस बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
।


