काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पुन्हि आज भब्य रुपमा मनाइँदैछ । । यो पर्व खासगरी नेवार समुदायले मनाउने गरेका छन् ।
नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ ।
योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिलसमेत राखेर डल्लो बनाइन्छ ।


