काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिबन्धुको फाइल खोल्न थालेपछि आफू नेतृत्वको सरकार फेरिएको आरोप लगाएका छन् ।
प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका उनले मंगलवार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो आरोप लगाएका हुन् । उनले गिरिबन्धुमा सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्ने र भ्रष्टाचारको फाइल खोलिनुपर्ने बताए । उनले भ्रष्टाचार गर्नेहरुमाथि कारबाही हुनुपर्ने बताए ।
अध्यक्ष दाहालले अहिलेको सरकारको नेतृत्व गर्ने राजनीतिक दलमा सम्बन्धित मानिसहरु नै सबैभन्दा बढी सहकारी ठगीमा संलग्न रहेको आरोप लगाए । उनले कांग्रेस र एमालेका नेताहरुले रवि लामिछानेलाई आफ्नो साथमा ल्याउन प्रधानमन्त्रीको अफर गरेको कुरा आफूले देखेको र सुनेको दाबी गरे