काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी प्रवेश गर्नेहरूलाई पूर्ववत् पार्टीकै जिम्मेवारी दिने भएको छ । पार्टीले सोमबार जारी गरेको सर्कुलरमा यस्तो बताएको हो ।
विगतमा एकीकरणरसमायोजनरपार्टी प्रवेश भएका कतिपय कमरेडहरूको सन्दर्भमा सांगठनिक जिम्मेवारी व्यवस्थापनमा उपेक्षा भएको भनि आएका गुनासोलाई ध्यानमा राखी एकीकरणरसमायोजनरप्रवेश हुँदाका बखत स्थापित वाम घटकहरूमा जुन जुन स्तरमा कार्यरत रहेको थियो सोही स्तरमा समायोजन गर्ने र गैरवाम घटकहरूबाट पार्टी प्रवेश हुँदा सम्बन्धित पार्टी समितिहरूको निर्णय अनुसार समायोजन गर्ने निश्चित गरिएको कुरा उल्लेख गरेको छ ।
सर्कुलरमा स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक रहेको उल्लेख छ । कांग्रेस र एमालेको जनमत ह्रास आएको र पार्टीको पक्षमा जनमत बढेको निष्कर्ष माओवादीले निकालेको छ ।