काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई आज पुनः पोखरा लगिएको छ । उनलाई आज बिहान बुद्धर एयरमार्फत पोखरा लगिएको हो ।
कात्तिक ३ गतेयता लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीविरुद्ध पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम ठगी गरेको भन्दै उजुरी परेको थियो ।
प्रहरीले रविमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान अघि बढाएको छ ।