काठमाडौं । आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदैछ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाउन लागिएको हो । नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज कृष्ण बानियाले मेलमिलापको अवसरमा कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्ने बताए ।
विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइराला स्वदेश फर्किएका थिए ।
रिहापछि उपचारका लागि भारत पुगेका कोइरालाले त्यहाँ निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक क्रियाकलाप सुरु गरेका थिए ।
दिवसका अवसरमा आज कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदै छन् ।


