काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उत्पीडित वर्गलाई समान हक दिएको खण्डमा मात्रै देश अघि बढ्नसक्ने बताएका छन् । पूर्व प्रधानमन्त्री उनले बुधबार काठमाडौँमा नेपाल उत्पिडित जातीय मुक्ति समाजको ३७औँ स्थापना दिवसको अवसरमा यस्तो बताएका हुन् ।
उनले नेपालको संविधान र कानूनमा क्रमिक रुपमा अधिकार र समानताको विषयवस्तु समावेश हुँदै आएको भए पनि व्यवहार र कार्यान्वयन अझै प्रभावकारी बनाउन आवश्यक रहेको बताए।
दलित वर्गलाई राज्यका निकायहरुमा सहज र सरल पहुँच स्थापित गर्ने सवालमा अझै चुनौतीको विषय रहेको भन्दै त्यसतर्फ गम्भीर समीक्षा गर्दै राज्यले पहलकदमी लिन आवश्यक रहेको बताए।
सदियौँदेखि उपेक्षित, उत्पीडित वर्गको राज्यमा समान हक र पहुँच बिना समृद्धिको नारा दिएर मात्रै देश अघि बढ्न नसक्ने उनले बताए।


