काठमाडौं । आज बिहान देशका प्रायः सबै स्थानको मौसम सफा रहेको जल तथा मौसम विभागले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुुसार दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।
विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना छ ।


