काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
यतिबेला (आइतबार बिहान) कोसी प्रदेशसिहत देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। बाँकी भूभागमा आंशीक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा दिउँसो हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।


