काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनबाट देखा परेका चुनौतीलाई सबै मिलेर समाधानमा लाग्नुपर्ने बताएका छन् ।
उनले विहीबार वन तथा वातावरण मन्त्रालयले बिहीबार काठमाडौंमा आयोजना गरेको २९औँ विश्व जलवायु सम्मेलनको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
सरकारले जलवायु परिवर्तनको चुनौतीको सामना गर्ने कामको नेतृत्वसहित जलवायु वित्तको व्यवस्था गर्ने उनले बताए ।
प्रधानमन्त्री ओलीले जमिन सुख्खा हुँदै जाँदा कृषि क्षेत्रलाई प्रतिकूल असर पार्ने भएकाले वन जङ्गलमा डढेलो लाग्न नदिन वन मन्त्रालय र सञ्चार मन्त्रालयले जागरण फैलाउनुपर्ने तथा मानव निर्मित वातावरण प्रदूषण रोक्न हरेक समुदाय सचेत हुनुपर्नेमा जोड दिए ।


