काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले पार्टीका नेता कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन् ।
उनले आइतबार नेपाल प्रजातन्त्र सेनानी संघ नुवाकोटको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै एमाले र माओवादीभन्दा पार्टीभित्र शत्रु खोज्ने प्रवृत्तिले पार्टी अगाडि बढ्न नसक्ने बताए ।
विपक्षीलाई बिर्सिएर पार्टीभित्र शत्रु खोज्न थालेपछि समस्या उत्पन्न हुने गरेको उनको भनाइ छ ।
उनले थपे, ‘हामीले प्रतिस्पर्धा विपक्षसँग नै गर्ने हो त्यसका लागि हामी एक हुनुपर्यो । हामी एक नभई विपक्षीसँग प्रतिस्पर्धा गरेर परिणाम आउँदैन । हाम्रो शक्ति एक नहुने अनि गठबन्धन पनि नगर्ने भनेपछि कसरी हुन्छ । त्यसैले पहिला पार्टी एकताबद्ध हुनुपर्यो ।’


