काठमाडौं । । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र एकता र सहकार्यका लागि आफू नेतृत्वका लागि तयार रहेको बताएका छन् । संस्थापनइतर समूहका नेता समेत रहेका उनले शनिवार नेपाल प्रजातान्त्रिक सेनानी सङ्घको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
पार्टीभित्र एकता र सहकार्यलाई जोड दिइनुपर्ने र त्यसका लागि आफू नेतृत्व लिन तयार रहेको समेत उनले बताए । सम्बोधनका क्रममा उनले भने ‘नेपाली कांग्रेसको १५ औँ महाधिवेशन २०८२ भित्रै हुनुपर्छ । पार्टीको विधान अनुसार महाधिवेशन हुनुपर्छ । यसमा किन्तु परन्तु भन्न पाइँदैन ।’


