काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाधार निर्माणमा स्वदेशी तथा विदेशी लगानी बढाउन अवश्यक रहेको बताएकी छिन् । ।
उनले विहीबार त्रिभुवन विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालयअन्तर्गत चाइना सेन्टर फर साउथ एसियन स्टडिजको संयुक्त आयोजनामा आजदेखि पोखरामा सुरु भएको ‘फेवा संवाद’ को उद्घाटन गर्दै यस्तो धारणा राखेकी हुन् ।
पूर्वराष्ट्रपति भण्डारीले नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको कृषिलाई व्यावसायिक बनाउनुका स्थानीयस्तरमा उद्योग स्थापना गरी स्वदेशी माग पूरा गर्नुपर्नेमा जोड दिइन्। उनले स्वदेशी उत्पादनको निर्यात बढाएर रोजगारी सिर्जना गरी दिगो विकास गर्दै नागरिकको आर्थिकस्तर उकास्न सकिने धारणा राखिन् ।


