काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त भएका अधिकार सही तवरले प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले शनिबार तमु ल्होछारका अवसरमा काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायले आयोजना गरेको विशेष कार्यक्रममा यस्तो बताएका हुन् ।
सिंहले आगामी दिन दिनमा समृद्ध र सम्पन्न राष्ट्र बनाउनतिर सबैले शक्ति प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले पुर्खाले छोडेर गएका रीतिथिति, परम्परालाई जोगाउनको लागि वर्तमानमा सबै सक्रिय भएर लाग्नुपर्ने धारणा राखे ।


