काठमाडौं । प्रधानमन्त्री ओलीले भ्रष्टाचारको विषयमा उजुरी परेको पाँच वर्षभित्र कारबाही हुनुपर्ने बताएका छन् ।
उनले आइतबार २१औं राष्ट्रिय ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो धारणा ब्यक्त गरेका हुन् । उनले देश बनाउने उद्देश्यले आफू नेतृत्वको सरकार बनेको दावी गरे । प्रधानमन्त्री ओलीले भ्रष्टाचारको विषयमा उजुरी परेको पाँच वर्षभित्र कारबाही भएकै हुनुपर्छ भनेर आफूहरुले आवाज उठाएको बताए ।
प्रधानमन्त्री ओलीले ५ वर्षे हदम्यादको विषयमा आफूले भनेको सही रहेको जिकिर गर्दै उजुरी परेको ५ वर्षभित्र टुंग्याउर्नैपर्ने भन्दै लम्बाएर राख्न नमिल्ने बताए ।


