काठमाडौं । । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको सरकार बनेमा भ्रष्टचारलाई निर्मूल गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
पूर्व प्रधानमन्त्री उनले शनिबार झापाको गौरीगञ्ज गाउँपालिकामा आयोजित खबरदारी सभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन् ।
आफ्नो पार्टीले भ्रष्टाचारविरोधी अभियानलाई राष्ट्रिय अभियानको रूपमा अघि बढाएको उल्लेख गर्दै उनले यसमा जनताको तागत पनि जोडियो भने भ्रष्टाचारमुक्त नेपाल निर्माण गर्न सम्भव रहेको बताए ।


