काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले एउटा ठूलो नदी भएकाले यसमा सबै खोलाहरु मिसिने तर्क गरेका छन् ।
उनले आइतबार नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पेसा व्यवसायमा रहेका व्यक्तिहरुको रुचि फरक फरक हुने भए पनि साझा उद्देश्य समृद्ध नेपाल नै भएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले आफूहरुलाई प्रभाव छोड्पर्ने नभइ कामको नतिजा निकाल्नुपर्ने भएकाले साँचो र यथार्थपरक जीवन यापन गर्न पनि आग्रह गरे ।
कार्यक्रममा अध्यक्ष ओलीले नेपाल जेसिजका निवर्तमान राष्ट्रिय अध्यक्ष रविन पोखरेललगायत युवाहरु एमालेमा प्रवेश गराएका हुन् ।


