काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा संलग्न भए आफ्नै पार्टीका वरिष्ठ नेतामाथि समेत अनुसन्धान हुनेपर्ने बताएका छन् । उनले मंगलबार मकवानपुरमा भएको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बैठकको बेला पनि आफूले भनिरहेको सुनाउँदै थापाले भने, ‘यदि कांग्रेसको नेता, पदाधिकारी, कहीकतै अनुसन्धानले देखाउँछ भने पाता कसेर लैजानू ।’


