काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कुनै अमर्यादित व्यवहार नभएको बताएका छन् ।
मन्त्री लेखकले नेपाल प्रेस युनियन रुपन्देहीले आज तिलोत्तमामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।
संविधान संशोधनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले कार्यदल बनाएर काम अगाडि बढाएको उल्लेख गर्दै यसमा सबै दललाई ल्याउने प्रयत्न भएको उनको भनाइ छ ।
अर्को एक फरक प्रसङ्गमा गृहमन्त्री लेखकले सहकारीको रकम ठगी, अपचलन र हिनामिना गर्ने सयौँ मान्छे जेल गएको बताउँदै गलत गरेका कसैले पनि उन्मुक्ति नपाउने स्पष्ट पारे ।


