काठमाडौं । काठमाडौं उपत्यकामा ह्वात्तै चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पौने ९ बजे जारी गरेको बुलेटिनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रहेको छ । हिजो बिहानको न्यूनतम तापक्रम ५।६ रहेको थियो ।
चिसो क्रमशः बढ्दै जाने र तापक्रम घट्दै जाने मौसमविद् रोजन लामिछानेले बताए । रातको समयमा बादल नलागेका बेला मौसम चिसो हुने गरेको उनी बताउँछन् । यो तापक्रम यस वर्षको हालसम्मको न्यून हो ।


