काठमाडौं । आज देशका केही स्थानमा वर्षा र हिमपात हुनसक्ने जल तथा मौसम विभागले जनाएको छ ।
यतिबेला (सोमबार बिहान) कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। साथै तराई लगायत पहाडी भूभागका केही स्थानमा हुस्सु र कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।
आज सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको संभावना छ। साथै कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थान तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको संभावना रहेको छ।


