काठमाडौं । आज बिहान नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दैछ। बैठक बिहान साढे ११ बजेदेखि केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने तय भएको छ ।
आजको बैठकमा नेताहरूको जिम्मेवारी बाँडफाँटबारे छलफल हुने बताइएको छ।
त्यसैगरी बैठकमा पार्टीको देशभरको सांगठनिक अवस्था, जिल्ला तथा प्रदेशका अधिवेशन, मुलुकको समसामयिक राजनीतिक परिस्थिति लगायतका विषयमा पनि छलफल हुने उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिए।
एकीकृत समाजवादीले महाधिवेशन भएको ५ महिना बितिसक्दा पनि नेताहरुको जिम्मेवारी बाँडफाँट टुंग्याउन सकेको छैन।


