काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पोखरा अन्तरराष्ट्रिय विमानस्थल बिआरआई परियोजनाअन्तर्गत नभएको जिकिर गरेका छन् ।
पूर्वसंस्कति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका उनले शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको एभिएशन मिट—२०२४ मा नागरिक उड्ययन र अर्थतन्त्रबारे भएको अन्तरक्रियामा यस्तो जिकिर गरेका हुन् ।
उनले पोखरा अन्तरराष्ट्रिय विमानस्थल बिआरआई परियोजनाअन्तर्गतको परियोजना भनेर व्याख्या गर्नु गलत भएको बताए। उनले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको बिआरआई परियोजनासम्बन्धी भएका १० परियोजनाको सम्झौतामा पोखरा अन्तरराष्ट्रिय विमानस्थल नरहेको स्पष्ट देखिएको बताए।


