काठमाडौं । आइतबार भएको स्थानीय तह उपनिर्वाचनअन्तर्गत हालसम्म ३८ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजाअनुसार नेपाली कांग्रेसले १६ स्थानमा जित हासिल गरेको छ ।
नेकपा एमालेले एक पालिका अध्यक्ष, एक उपाध्यक्ष र ५ वडाअध्यक्षसहित ७ स्थानमा जित हासिल गरेको छ माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, एक उपमेयर, एक उपाध्यक्ष र पाँच वडाध्यक्षसहित ९ स्थानमा जितेको छ ।
यसैगरी जनता समाजवादी पार्टी, नेपालले २ वडाध्यक्ष जितेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले एक-एक स्थानमा जित हासिल गरेको आयोगले जनाएको छ ।


