काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले प्रदेश सरकारले कानुन संशोधन गर्दा महानगरपालिकाको राजस्व घटेको बताएका छन् । उनले महानगरको आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण बैठकमा बौल्दै यस्तो भनेका हुन् ।
‘क्यासिनो, स्काइ वक र मेला महोत्सवमा लिइने शुल्कको उदाहरण दिँदै उनले भने, ‘पहिले आकाशे सिसाको पुलमा ५ प्रतिशत थियो, यसबाट महानगरपालिकाले वार्षिक २३ लाख ८६ हजार रुपैयाँ राजस्व प्राप्त भएको थियो । अहिले वार्षिक ५० हजार रुपैयाँ तोकिएको छ । यसबाट सोझै २३ लाख ३० हजार रुपैयाँ राजस्व घटेको छ । पहिले क्यासिनोमा खर्च गरिएको रकमको ५ प्रतिशत शुल्क थियो । अहिले प्रति टिकटमा ५० रुपैयाँ तोकिएको छ ।’