काठमाडौं । प्रधानमन्त्री केपी ओलीले शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडलसँग भेटवार्ता गरेका छन् ।
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेको भन्ने चर्चाबीच प्रधानमन्त्री ओली राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी छन् । उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।